ad ad

राजनीति


डा. भट्टराई भन्छन् : ‘पहले आप, पहले आप’ भन्दाभन्दै लखनऊका नवावको गाडी छुट्थ्यो रे !

डा. भट्टराई भन्छन् : ‘पहले आप, पहले आप’ भन्दाभन्दै लखनऊका नवावको गाडी छुट्थ्यो रे !

नेपालखबर
चैत १०, २०७७ मंगलबार ११:५७,

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारविरुद्ध कसले पहिला पहल गर्ने भनेर दलहरूले एकअर्काको मुख ताक्दाताक्दै प्रतिगमनको यात्रा लम्बिरहेको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता डा. भट्टराईले हिन्दी उखानको उदाहरण दिँदै ओली सरकार हटाउन ढिला भइरहेकामा चिन्ता प्रकट गरेका हुन्।

‘पहले आप, पहले आप’ भन्दाभन्दै लखनऊका नवावको गाडी छुट्थ्यो रे ! विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै छ,’ डा. भट्टराईले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो। यो वा ऊ बहानामा भाग्ने गल्ती नगरौं !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .