नेपाली सेनाको अधिकृत पदका लागि लिइएका परीक्षाको अन्तिम नजिता प्रकाशन गरिएको छ।
भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले विभिन्न चरणका परीक्षाबाट सेनाको अधिकृत क्याडेट पदमा छानिएकाको सूची सार्वजनिक गरेको हो।
प्रकाशित सूचनाअनुसार अधिकृत क्याडेट पदमा १ सय २ जना उत्तीर्ण भएका छन्। जसमा संगीता धामी एक नम्बरमा छिन्।
छानिएका उम्मेदवारलाई यही चैत १६ गते बिहान ११ बजे जंगी अड्डाको पश्चिमपपट्टि सैनिक केन्द्रीय पुस्तकालयअगाडि खेलमैदानमा पद सुहाउँदो पोसाकमा उपस्थिति हुन नेपाली सेनाले सूचित गरेको छ।
त्यस क्रममा आफ्ना सबै प्रमाणपत्रका प्रतिलिपि, तस्बिर ३ थान बुझाउन भनिएको छ।
हेर्नुहोस्, उत्तीर्ण सूची :



प्रतिक्रिया