राजनीति


म्यानमारमा बेपत्ता बनाइएका बीबीसीका समाचारदाता अपहरणमुक्त, पाँच सञ्चारमाध्यमको दर्ता खारेज

म्यानमारमा बेपत्ता बनाइएका बीबीसीका समाचारदाता अपहरणमुक्त, पाँच सञ्चारमाध्यमको दर्ता खारेज

नेपालखबर
चैत ९, २०७७ सोमबार २३:५७,

अपहरणमा परेका म्यानमारमा कार्यरत बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त भएका छन्।

राजधानीस्थीत अदालत अगाडि समाचार संकलन गरिरहेका बेला सादा पोशाकमा आएका केही व्यक्तिले उनलाई गएको शुक्रबार अपरहण गरेका थिए।

म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता बनाइएका पत्रकार थुरा सम्पर्कमा आएका बीबीसीका अधिकारीहरूले जनाएका छन्।

रिहा भएका पत्रकारका बारेमा र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता बनाइएका थिए। उनलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ।

गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म दुई हजार ६ सय जना गिरफ्तार भएका छन्।

त्यसैगरी अरु २५० भन्दा बढीको मृत्यु भएको पनि विभिन्न निकायको तथ्याङ्कमा उल्लेख गरिएको छ । कतिपय अधिकारकर्मीहरूले भने आन्दोलनका क्रममा मारिएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने दावी गर्दै आएका छन्।

सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ। सैन्य विद्रोह भएपछि म्यानमारमा पत्रकार मात्रै ४० जना पक्राउ परिसकेको अधिकारीहरूले जनाएका छन् । सेनाले पाँच सञ्चारमाध्यमको अनुमति नै खारेज गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad