समाज


सुतेकै ठाउँमा जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु, तीनवटा घर पनि हात्तीले भत्कायो

सुतेकै ठाउँमा जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु, तीनवटा घर पनि हात्तीले भत्कायो

नेपालखबर
चैत ८, २०७७ आइतबार ३:४०,

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१३ उजेलीनगर ५० वर्षीया तीलमाया भुजेलको आज बिहान सुतेकै ठाउँमा हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। भरतपुर १३ गङ्गानगरमा रहेको भाइको घरमा गएको बेला उनलाई हात्तीले आक्रमण गरेको हो।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमै मृत्यु भएको हो। हात्तीले स्थानीयका तीनवटा घरसमेत भत्काएको छ।

हात्तीको आक्रमणबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ। हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा भुजेललाई हात्तीले आक्रमण गरेको आफन्तले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad