ad ad

समाज


धादिङमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुर्ने एक्साभेटरका चालक पक्राउ

धादिङमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुर्ने एक्साभेटरका चालक पक्राउ

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ८:३०,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले धादिङमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा एक्साभेटरका चालकलाई पक्राउ गरेको छ।

गत फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारको खोल्सी जिपजिपेमा एस्काभेटरको ठक्करबाट घाइते भएकी ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुरेको आरोपमा एस्काभेटरका चालक दाङका भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो।

उनलाई अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको सीआईबीले जनाएको छ।

उनलाई जिल्लाप्रहरी कार्यालय धादिङमा बुझाउने र ज्यानसम्बन्धी कसूरमा विस्तृत अनुसन्धान गर्ने सीआइबीले जनाएको छ।

गत फागुन १७ गते खोल्सी जिपजिपेमा घाँस बोकेर फर्कँदै गरेकी कुमाल एस्काभेटरले ठक्कर दिँदा खाडलमा खसेकी थिइन्। त्यसपछि चालक बुढाथोकीले उनलाई पुरेको र सो घटना स्थानीय र त्यही काम गर्नेहरुले देखेर हिल्लाखल्ला गर्न थालेपछि उनी फरार भएका थिए।

घटनापछि उत्तेजित भीडले एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .