समाज


खोप राजनीतिः चिनियाँ खोप लगाउनेले मात्र चीन भ्रमण गर्न पाउने

खोप राजनीतिः चिनियाँ खोप लगाउनेले मात्र चीन भ्रमण गर्न पाउने

नेपालखबर
चैत ५, २०७७ बिहिबार १२:२१,

बेइजिङले चिनियाँ खोपलाई प्रचार गर्नका लागि आफ्नो देशको खोप लगाउनेलाई चीन भ्रमण गर्न दिने सर्त राखेको वासिङ्टन पोस्टले जनाएको छ।

पोस्टका अनुसार फिलिपिन्स, जापान, थाइल्यान्ड, जर्मनी, इटाली, अमेरिका, इजरायल तथा भारतमा रहेका चिनियाँ दूतावासहरुले वक्तव्य जारी गर्दै चिनियाँ खोप लगाउने विदेशीले चीन जान पाउने बताएको हो।

अमेरिकास्थित चिनियाँ दूतावासको वेबसाइटको एउटा सूचनामा भनिएको छ,‘चिनियाँ खोप लगाउने विदेशी नागरिकहरू र उनीहरूका परिवारका सदस्यहरूले विभिन्न प्रयोजनका लागि चीन भ्रमण गर्न सक्नेछन्।’

निश्चित सर्त तोकेर अंग्रेजी महिना मार्चको १५ तारिखयता चिनियाँ खोप लगाएका व्यक्तिलाई चीन प्रवेश गर्न भिसा प्रक्रिया सहज बनाउने ती दूतावासहरूले जानकारी दिएका छन्।

चीनले हालसम्म चारवटा कोरोना खोपलाई स्वीकृति दिइसकेको छ। चीन भ्रमण गर्नका लागि कुनै एक खोपको प्रयोग भएको प्रमाण पेश गरे उनीहरु चीन जान पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad