ad ad

समाज


सुत्केरी भएको १५ दिनपछि महिलाको शंकास्पद मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

 सुत्केरी भएको १५ दिनपछि महिलाको शंकास्पद मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

नेपालखबर
चैत ५, २०७७ बिहिबार ११:४६,

दैलेखको ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ। सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा शेरबहादुर रोकायकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बुधवार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान् शेरबहादुर सँगै सुतेका र बिहान हेर्दा हस्तनाको मृत्यु भएको देखिएको प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए।

प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् शेरबहादुरलाई नियन्त्रणमा राखिएको छ। मृतक हस्तनाका यसअघि तीन छोरी छन्। नवजात शिशुको अवस्था सामान्य रहेको आफन्तले जनाएका छन्। मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .