द गार्जियनका अनुसार कोरोनाको एन्टिबडीसहित जन्मिएको यो विश्वकै पहिलो बच्चा हो।
कोरोना एन्टिबडीसहितको शिशु जन्माउने महिला स्वास्थ्यकर्मी भएको र गत जनवरीमा मात्र उनले गर्भवती छँदै मोडेर्ना खोपको पहिलो डोज लगाएकी थिइन्।
खोप लगाएकी महिलाले नै कोरोना एन्टिबडीसहितको शिशु जन्म दिएकी हुन्।
शिशुको जन्म हुने बित्तिकै रगत जाँच गरिएको थियो, त्यहाँ उनको शरीरमा कोरोनाको एन्टिबडी देखिएको थियो।
डाक्टर पल गिलबर्ट र चाड रुडनिकका अनुसार कोरोनाको एन्डिबडीसहित जन्मिएकी शिशु छोरी हुन्। हाल बच्चा पूर्ण रुपमा स्वस्थ रहेको बताइएको छ।
कोरोना संक्रमण भएको मानिसमा कोरोनाको एन्टिबडी उत्पन्न हुने विज्ञहरु बताउँछन्। यो एन्टिबडीले भाइरससँग लड्छ।
विश्व स्वास्थ्य संगठनले नवजात शिशुमा कोरोनाको असर अत्यन्तै न्यून भएको बताएको छ।
आमाको दूधले पनि कोरोनाविरुद्ध लड्न क्षमता प्रदान गर्ने बताइएको छ। द गार्जियन
Shares

प्रतिक्रिया