उनले चौतर्फी आलोचनापछि राजीनामा दिएको बीबीसीले जनाएको छ। जापानमा यसै वर्षको जुलाई २३ देखि अगष्ट ८ सम्म ओलिम्पिक्स खेलको आयोजना हुँदैछ।
आयोजक समितिका लागि सिर्जनशील विभागका प्रमुख रहेका हिरोशी सासाकीले प्लस–साइज शरीर भएकी कलाकार नाओमी वातानावेलाई ओलिम्पिक्सको शुभारम्भका लागि आयोजना गरिने समारोहमा सुँगुरको कानजस्तो परिधान लगाएर पठाउनुपर्ने सुझाव दिएका थिए।
सासाकीले वातानावेलाई ‘ओलिम्पिग’ भनेका थिए। यसअघि महिलाहरूबारे अनुपयुक्त टिप्पणी गरेपछि टोक्यो ओलिम्पिक्स आयोजक समितिका प्रमुख योशिरो मोरी पनि आफ्नो पदत्याग गर्न बाध्य भएका थिए। बीबीसी
3
Shares

प्रतिक्रिया