समाज


ललितपुरको नख्खिपोटमा आगलागीबाट वृद्धाको मृत्यु

ललितपुरको नख्खिपोटमा आगलागीबाट वृद्धाको मृत्यु

नेपालखबर
चैत ५, २०७७ बिहिबार ७:२५,

ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका–१४ नख्खिपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ। मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ। उक्त घटनामा ३३२ जना घाइते भएका छन्। आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad