समाज


अफगानिस्तानमा सरकारी कारबाहीमा ३४ लडाकु मारिए

अफगानिस्तानमा सरकारी कारबाहीमा ३४ लडाकु मारिए

नेपालखबर
चैत ५, २०७७ बिहिबार ०:२७,

अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीका क्रममा थप ३४ लडाकुको मृत्यु भएको छ।

तालिबान लडाकूविरुद्ध जारी राखिएको सुरक्षा कारबाहीका क्रममा देशको दक्षिणी कान्दाहार प्रान्तमा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ। लडाकू विमानसमेत परिचालन गरेर अर्घान्डाब, पन्ज्वाय, झारी र स्पिन्बोल्डाक जिल्लामा सुरक्षा कारबाही चलाइएको थियो।

सुरक्षा कारबाहीका क्रममा अरू नौ जना लडाकु घाइते भएका मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

वक्तव्यमा सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थलबाट लडाकूहरूले प्रयोग गर्ने गरेको आठ मोटरसाइकल, केही हतियार तथा विस्फोटक पदार्थसमेत बरामद गरेका छन्।

घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad