ad ad

राजनीति


जसपा नेता कर्ण भन्छन् : माग पुरा गर्न प्रधानमन्त्री ओली सकारात्मक

जसपा नेता कर्ण भन्छन् : माग पुरा गर्न प्रधानमन्त्री ओली सकारात्मक

नेपालखबर
चैत ४, २०७७ बुधबार ९:३३,

जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन्।

सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दाहरुलाई संबैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताए। राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताएका हुन्।

प्रतिनिधिसभा पुनर्स्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वामघटकहरु नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) र नेकपा (एमाले)मा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तीब्र बनेको छ।

उनले सबै दलहरुसँग छलफल चलिरहेकाले कार्यकारीणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताए।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गरे। सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न भिन्न भएको भन्दै उनले अरु दलको आड लिएर नेतृत्वमा पुग्न नहुने तर्क गरे।

उनले भने, ‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन। यो मेरो व्यक्तिगत धारणा हो। यो सरकार अरुको हत्केलामा हुन्छ। अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ। त्यसकारणले सरकारमा जानु अलग हो। सरकारलाई समर्थन गर्नु अलग हो। र सरकारै चलाउने विषय झन् अलग हो। यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .