आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काटेर एक करोड ८५ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा जिल्लाको गौरादह नगरपालिका–१ घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने वर्ष ५१ को उपेन्द्र प्रसाद ढुंगाना रहेका छन्।
ढुंगानाले २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय सुकेधारामा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी चेक काटेर उर्मिला कँडेललाई दिएका थिए।
उनकाे साे कार्यविरुद्ध परेकाे मुद्दामा उच्च अदालत पाटनकाे यही २०७७ माघ ५ गतेको फैसलाले एक महिना कैद र विगो बमोजिम एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो।
उक्त सजाय बेरुजू रही फरार रहेका ढुंगानालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलिले धुम्बाराहीमा लुकीछिपी बसिरहेको अवस्थामा मंगलबार पक्राउ गरी आज फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।

प्रतिक्रिया