समाज


चीन र मंगोलियामा धुलोको आँधी आएपछि दिउँसै पर्‍यो रात, ६ को मृत्यु (फोटो/भिडिओ)

चीन र मंगोलियामा धुलोको आँधी आएपछि दिउँसै पर्‍यो रात, ६ को मृत्यु (फोटो/भिडिओ)

नेपालखबर
चैत ३, २०७७ मंगलबार ८:१५,

धुलोको आँधीका कारण ती क्षेत्रहरुमा दिउँसै रात परेको जस्तो देखिएको छ।

आकाश दिउँसै रातो, अँध्यारो देखिएको तस्बिर तथा भिडिओहरु सार्वजनिक भएका छन्।

चीनको हावाको गुणस्तर यसैपनि कमजोर छ। सोमबार राजधानी बेइजिङको हावाको गुणस्तर प्रति क्युबिकमिटर अधिकतम ६५५ माइक्रोग्रामसम्म पुगेको थियो।

२५ माइक्रोग्रामभन्दा माथिको हावालाई स्वास्थ्यको दृष्टिकोणबाट राम्रो नमानिने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

(भिडिओ)

स्थानीय प्रशासनले वातावरण निकै प्रदूषित भएकाले मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरेका छन्।

तस्बिरहरुमा अग्ला भवनहरु धुलोले ढाकेको देखिएको छ।

बीबीसीका अनुसार यस धुलोको आँधी मंगोलियाबाट उत्पन्न भएको हो। मंगोलियामा धुलोको आँधीका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको बताइएको छ।

यस आँधीका कारण सोमबार बेइजिङमा ४ सय उडानहरु रद्द भएको पनि ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

Image

China Pollution: Beijing's 'Biggest Sandstorm In Decade' Leaves It Covered  With Brown Dust

Buildings are seen in the central business district of Beijing

A woman cycles along a street during a sandstorm in Beijing on March 15, 2021.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad