यो खोपको प्रयोगसँगै युरोपका कयौं स्थानमा मानिसको शरीरमा रगत जमेको घटना सार्वजनिक भएका थिए।
त्यस लगत्तै जर्मनी, फ्रान्स, इटाली, स्पेन लगायतका देशले अक्सफोर्ड–आस्ट्राजेनिकाको खोप प्रयोगमा अस्थायी प्रतिबन्ध लगाएका छन्।
डब्लूएचओले रगत जम्नु र खोपमा कुनै सम्बन्ध नभएको बताएको बीबीसीले जनाएको छ। युरोपेली औषधि नियामक संस्था एएमएले पनि खोप लगाउने कार्य जारी राख्न भनेको छ।
गत हप्तासम्म एक करोड ७० लाखले खोप लगाइसक्दा ४० जनामा रगत जम्ने समस्या देखिएको थियो।

प्रतिक्रिया