पाकिस्तानमा जारी नेसनल वुमन्स च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित मासा युनाइटेडको समूह बीको खेल अनिश्चित समयका लागि स्थगन भएको छ।
नेपाली खेलाडी रहेको मासा युनाइटेडले मगंलबार कराँची युनाइटेडसँग खेल्ने तालिका थियो। कराँची एफसीका खेलाडीमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगन गरिएको हो।

कराँची युनाइटेडले समूह बीमा कराँची वुमन्स फुटबल क्लबसँग खेलेको थियो। सो टोलीले सियालकोट सिटीसँग खेलेको थियो। ती टोलीले अन्य टोलीसँग पनि खेलिसकेका कारण अरु टोलीको पनि कोरोना परीक्षण गराउने पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ।
कोरोना परीक्षणका लागि फेडेरेसनले आर्थिक सहयोग गर्नेछ।
मासा युनाइटेडले समूह चरणको पहीलो खेलमा सियालकोट सिटीसँग मात्र खेलेको छ। सोही कारण नेपाली खेलाडी सम्मिलित टोलीका खेलाडीको भने कोरोना परीक्षण गर्नुनपर्ने पाकिस्तानबाट मिडफिल्डर सरु लिम्बूले बताइन्।
अन्य टोलीको खेलाडीको कोरोना परीक्षण आज गरिँदै छ। त्यसैले अर्को खेल कहिले हुन्छ, आफूहरुलाई कुनै जानकारी नआएकाे फरवर्ड अनिता केसीले जानकारी दिइन्।
मासा युनाइटेडले पहिलो खेलमा सियालकोट सिटीलाई १९–० को फराकिलो अन्तरले पाखा लगाएको हो। सो खेलमा सरु लिम्बू एक्लैले १० गोल गरेकाी थिइन्।
अनिता केसीले दोहोरो हयाट्रिक हान्दा गीता रानाले एक गोल गरिन्। पाकिस्तानी खेलाडी सारा इक्वाल र सम्रोज सम्रिना लिम्बुले एक एक गोल थपेका थिए।
याे पनि : पाकिस्तानी लिगमा चम्किए नेपाली खेलाडी, सरू एक्लैकाे १० गाेल

प्रतिक्रिया