समाज


गोरु पाल्ने कृषकलाई गाउँपालिकाले अनुदानमा हलो दिने

गोरु पाल्ने कृषकलाई गाउँपालिकाले अनुदानमा हलो दिने

नेपालखबर
चैत २, २०७७ सोमबार ४:२७,

तनहुँको बन्दीपुर गाउँपालिकाले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ।

गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको हो। गाउँपालिकाले मिनी ट्रिलरका लागि २० लाख, कुटानीपिसानी मिलका लागि पाँच लाख, कृषि टनेलका लागि तीन लाख र हलोका लागि तीन लाख बजेट विनियोजन गरेको छ।

कृषि उत्पादनको माध्यमबाट गाउँपालिकाको आर्थिक अवस्था सुधार्ने उद्देश्यले कृषकलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा कृषि सामग्री वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।

कृषकको मूल्याङ्कन र स्थलगत अवलोकनपश्चात् मात्रै अनुदानमा सामग्री प्रदान गरिने उनको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad