राजनीति


डाचाराज वाग्लेको रहस्यमय मृत्यु प्रकरण : आज गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइँदै

डाचाराज वाग्लेको रहस्यमय मृत्यु प्रकरण : आज गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइँदै

नेपालखबर
चैत २, २०७७ सोमबार ४:१५,

तत्कालिन नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको रहस्यमय मृत्यु घटना छानविन गर्न माग गर्दै परिवारका सदस्यले आज गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटना छानविन गर्नुपर्ने मागसहित आज सिंहदरवारमा पुगेर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्र बुझाउन लागिएको वाग्लेकी पत्नी सरस्वती मिश्र(वाग्ले)ले नेपालखबरलाई जानकारी दिइन्।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरीराजमणि पोखरेलको नेतृत्वमा परिवारका सदस्य र पार्टीद्वारा गठित छानविन समितिले दिउँसो १२ बजे सिंहदरबार पुगेर ज्ञापन पत्र बुझाउन लागेको हो।

गएको माघ २१ गते राति सर्लाहीको मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको थियो। सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको दाबी प्रहरीले गर्दै आएको छ। तर, तत्कालिन नेकपा (प्रचण्ड-नेपाल पक्ष) र वाग्लेका परिवारका सदस्यले भने सवारी दुर्घटनालाई रहस्यमय भन्दै वाग्लेको हत्या भएको हुनसक्ने आशंका व्यक्त गर्दै आएका छन्।

वाग्लेको रहस्यमय मृत्यु घटना छानविन गर्न पार्टीले नेता प्रल्हाद बुढाथोकीको संयोजकत्वमा छानविन समितिसमेत गठन गरेको थियो। छानविनको प्रतिवेदन पार्टीमा बुझाइसकेको नेता बुढाथोकीले जानकारी दिए।

सो प्रतिवेदनमा पनि वाग्लेको मृत्युलाई रहस्यमय ठहर गर्दै राज्यले उच्चस्तरीय छानविन गर्नुपर्ने माग गरिएको नेता बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad