खवास समाज परिषद् केन्द्रीय समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ।
परिषद्ले आज यहाँ पत्रकार सम्मेलन आयोजन गरी नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्यांकमा आदिवासी जनजातिकै सूचीमा खवास जाति छुटेकाले यसलाई सच्याउन आग्रह गरिएको हो।
पत्रकार सम्मेलनमा परिषद्का अगुवा कुमार विक्रम खवास, सन्तलाल खवास, सुरेशकुमार खवास र प्रभागकुमार खवासले खवास जातिले बेग्लै पहिचान बोकेकाले यसको अलग्गै सूचीकरण हुनुपर्ने माग गरे।
परिषद्का पूर्वध्यक्ष तिलकचन्द्र चौधरी खवासले २१औँ शताब्दीमा पहिचान मेटाएर आफ्नो अधीनमा गर्न अभिष्ट पूरा गर्न खोज्नु न्यायसम्मत नभएको बताए।
परिषद्को अध्ययनअनुसार सुनसरी, मोरङ, झापा, धनुषा र केही पश्चिमी जिल्लामा करिव दुईलाख खवास जातीको बसोबास पाइन्छ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभरमा १८ हजार मात्र खवास जाति देखाइएकाले यो जातिको सङ्ख्या थारु जातिमा मिसाएर थारु जातिको सङ्ख्या अधिक देखाएका विषयमा पनि परिषद्ले आपत्ति जनाएको छ।रासस

प्रतिक्रिया