नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता हुन फेरि निर्देशन दिएको छ।
आज बसेको केन्द्रीय समितिको बैठकले ती मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको सो पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सो पार्टीको हिजो शनिबार बसेको स्थायी समिति बैठकले उनीहरुलाई सोहि निर्देशन दिएको थियो।
स्थायी समितिले गरेको निर्णयलाई आज आइतबार बसेको केन्द्रीय समितिबाट अनुमोदन गर्दै सो निर्देशन दिइएको हो।
अहिले ओली सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानी तथा सरसफाई मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभू साह, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकूदमन्त्री दाबा लामा माओवादी पार्टीका नेताहरु हुन्।

प्रतिक्रिया