भोजपुरमा मिलको फित्तामा सल बेरियर एक महिलाको मृत्यु भएको छ।
रामप्रसाद राई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
शनिबार साँझ ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिँदा उनी घाइते भएकी थिइन्।
उनको उपचारका क्रममा स्थानीय संगिता मेडिकल ओख्रेमा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रतिक्रिया