राप्ती सोनारी गाउँपालिका–५ जबरपुर बस्ने ६८ वर्षीय ऋषिराम थारुलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ।
दुईनाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२ बोरको खोका ३८ वटा, काटेको गोली १२ वटा, बारुद १ केजी, फलामको नाल २ थान, चित्तलको सिङ ४ वटा र बदेलको दाँत १ वटासहित शनिबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले ऋषिरामको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
साथै थप अनुसन्धानको क्रममा सोही कार्यालयबाट खटिएको प्रहरीले ऋषिरामका भाइ लाल बहादुर थारुको घर तलासी गर्दा १ थान कटुवा पेस्तोल, थ्रीनटथ्री राईफलको गोली २ थान, एसएलआर राईफलको गोली १ थान र भरुवा बन्दुकको खाली नाल १ थान फेला पारी बरामद गरेको छ।
हाल फरार लाल बहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया