समाज


राजनीतिक संकटमा फसेका म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति

राजनीतिक संकटमा फसेका म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति

नेपालखबर
फागुन २९, २०७७ शनिबार १०:५५,

म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो।

“सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौँ,” गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भने।

सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको पनि उनले बताए।

“म्यान्मारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले म्यान्मार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यान्मार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिन्छ,” उनले भने।

यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासले बताए।

म्यान्मारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन्।

डेढ महिनादेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी गिरफ्तार भएका छन् तर आन्दोलन जारी छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad