जनकपुरबाट राजश्व कार्यालयका अधिकृत र एक विचौलिया डेढ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन्।
आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल र विचौलियन नविन कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित बुधबार साँझ पक्राउ गरेको हो।
आयोगको बर्दिबासबाट खटेको टोलिले जनकपुरको जिरोमाइल स्थित अन्नपूर्ण होटलबाट दुवैजनालाई सेवाग्राहीसँग लिएको १ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो।
अख्तियारको टोलीले दुवैजनालाई नियन्त्रणमा लिइ होटलमै मुचुल्का गरिरहेको टोलिमा सहभागी एक अधिकारीले बताए ।

प्रतिक्रिया