बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।
मधुवन–३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बीओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले बताए।
नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया