ad ad

समाज


भागरथी हत्यामा संलग्न किशोरलाई बाल सुधारगृह पठाइयो

भागरथी हत्यामा संलग्न किशोरलाई बाल सुधारगृह पठाइयो

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १३:२१,

बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएका हुन्।

मंगलबार थुनछेक बहसपछि अदालतले डोटीस्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको जिल्ला अदालत बैतडीकी ना.सु ईश्वरी पाण्डेले बताइन्।

गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा भट्ट्को हत्या गरेको अभियोगमा फागुन ४ गते गाउँकै ती किशोरलाई प्रहरीले पक्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले पुरानो रिसइबीका कारण हत्या गरेको स्वीकार गरेका थिए।

बेपत्ता भएकी भट्टको माघ २२ गते घर नजिकैको जंगलमा शव फेला परेको थियो।

हत्या भएको १७ दिनपछि भागरथीको शव परिवारले बुझेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .