ad ad

समाज


‘धुलिखेल-पनौती एकीकरण मार्ग पदयात्रा’ गरिँदै

‘धुलिखेल-पनौती एकीकरण मार्ग पदयात्रा’ गरिँदै

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १३:१६,

नेपाली सेनाले काभ्रेपलान्चोक जिल्लाको धुलिखेलबाट पनौतीसम्म (करिब १० किलोमिटर) एकीकरण मार्ग पदयात्रा कार्यक्रम सञ्‍चालन गर्ने भएको छ।

नेपाली सेनाको इतिहास प्रवर्द्धन गर्ने लक्ष्य अनुरुप फागुन २९ गते शनिबार ‘धुलिखेलदेखि पनौतीसम्म एकीकरण मार्ग पदयात्रा–२०७७’ कार्यक्रम सञ्‍चालन गर्न लागेको हो।

कार्यक्रम प्रधान सेनापति पूर्णचन्द्र थापाको उपस्थितिमा सम्पन्न हुने जंगी अड्डाले जनाएकाे छ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग तथा कोटहरुको पहिचान‚ संरक्षण‚ सम्बर्द्धन गर्दै सैनिक इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्ने गरिएको पदयात्रा कार्यक्रम कोभिड–१९ को कारण गतवर्ष स्थगन भएकोमा यस वर्षबाट पुनः निरन्तरता दिन लागिएको हो।

स्थानीय समाजसेवी, सरकारी तथा गैर सरकारी कर्मचारीहरु, स्थानीय क्लब तथा समूहहरु समेतको सहभागीता रहने उक्त पदयात्राले राष्ट्रिय एकता, सैनिक ईतिहास एवं पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .