बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट नेपाली सेनाले हतियारसहित चार जनालाई पक्राउ गरेको छ।
निकुञ्जको कुसुमस्थित सुरक्षा सेमु तथा निकुञ्ज कार्यालयबाट खटिएको संयुक्त पट्रोल टोलीले शंकास्पदरुपमा माछा मारिरहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हतियार फेला परेको हो।
पक्राउ पर्नेमा बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका–४ बस्ने वर्ष २३ को विक्रम कुमाल, सोही गाउँपालिका–१ बस्ने वर्ष १८ को हर्कबहादुर कुमाल, वर्ष २४ को नरबहादुर कुमाल र वर्ष २९ का जगतबहादुर थापा रहेका छन्।
पक्राउ परेका व्यक्तिहरुको साथबाट भरुवा बन्दुक नाल–१, खुकुरी थान–३, माछा मार्ने जाल थान–२, गन पाउडर बारुद बट्टा–२, सोडा तथा गन्धक अन्दाजी २०० ग्राम, पेपर पटका–२ प्याकेट, केप–८ वटा, मोबाइल सेट–३ र छर्रा सानो ठुलो–१५ वटा रहेका छन्।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया