अपांगता भएका ब्यक्तिहरुको क्षमता र उनीहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र सामाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पुर्याउने उदेश्यले सौदर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ।
अपांगता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडिया प्रा.लिको संयुक्त प्रतियोगिता आयोजनामा हुन लागेको हो। शुक्रबार सानेपास्थित हेरिटेज गार्डेनमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले प्रतियोगिताको बिभिन्न पक्षको जानकारी गराएको छ।
कार्यक्रममा काठमाडौं लाइन्स क्बल आफ काठमाडाैं क्यापिटलका पूर्व अध्यक्ष तथा समाजसेवी किशोर भक्त श्रेष्ठले प्रतियोगिताले अपांगता भएको व्यक्तिलाई समाजमा अगाडि बढाउन मद्दत पुग्ने बताए। उनले आफूले अपांगता भएका ब्यक्तिलाई अगाडि बढाउने कार्यक्रममा हरहमेसा सहयोगका लागि अगाडि आउने जानकारी दिए।
त्यस्तै ग्रिन आर्ट मिडियाका सीईयो प्रविन लाकौले आपांगता भएको व्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनु पर्छ भनेर प्रतियोगिता आयोजना गर्न लागेको बताए। उनले प्रतियोगिताको आपांगता भएका ब्यक्तिले भरपुर उपयोग गर्नुुपर्ने धारणा व्यक्त गरे।
अपांगता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल (सीएमपीडी नेपाल)का सभापति सरिता थुलुङले प्रतियोगिताले अपांगता भएको व्यक्तिलाई अगाडि ल्याउन मद्दत पुग्ने भएको आफूले सहकार्य गरेको बताइन्।
प्रतियोगिताको लाभ अपांगता भएको व्यक्तिले उठाउनुपर्ने धारण उनको रहेको थियो। उनले अपांगता भएको व्यक्तिलाई फरक क्षमता भएको व्यक्ति भन्ने गरिए पनि उनीहरुलाई अपांगता भएको व्यक्तिकै रुपमा सम्बोधन गर्नुपर्ने उनको धारणा रहेको थियो।
आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामै आयोजना हुने प्रतियोगीतामा अनिला श्रेष्ठको काेरीयोग्राफी रहनेछ। प्रतियोगितामा शिर्ष सहित बिभिन्न उपबिधामा बिजेता छानिने र बिजेताले बिभिन्न पुरस्कार समेत जित्नसक्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया