गतवर्ष मात्र थाइल्यान्डमा ब्युन हुई–सुले जेन्डर रिअसाइन्मेन्ट सर्जरी गराएकी थिइन्। यो सर्जरी आफ्नो लिंगअनुसार शरीरले प्रतिक्रिया दियोस् भनेर गरिन्छ।
सुरुवातमा पुरुष उनले आफ्नो प्रजनन् अंग महिलाको बनाएकी थिइन्।
तर उनी मनोवैज्ञानिक समस्याबाट ग्रस्त भएको भन्दै प्रशासनले सेनाको जागिरबाट उनलाई निकालिदिएको थियो।
यद्यपी दक्षिण कोरियामा तेस्रो लिंगीहरुलाई हेर्ने दृष्टिकोण नकरात्मक भएकाले उनलाई सोही कारण जागिरबाट निकालिएको बताइन्छ।
उनले जागिर छाड्ने क्रममा भाव विह्वल हुँदै सेनाको जागिरमा फर्काइए आफूले पुरुषले सरह क्षमता पदर्शन गर्नसक्ने बताएकी थिइन्।
बुधबार सोलको चियोङजुमा २३ वर्षकी उनको घरमै मृत भेटिएको बताइएको छ।
उनी पछिल्लो समय मनोपरामर्शदाताको सल्लाह लिइरहेकी थिइन्। उनको मृत्युको कारण खुलाइएको छैन। एससीएमपी
(भिडिओ)
प्रतिक्रिया