समाज


स्वीडेनमा अन्धाधुन्ध बन्चरो प्रहारबाट ८ घाइते, आतङ्कवादी आक्रमणको आशंका

स्वीडेनमा अन्धाधुन्ध बन्चरो प्रहारबाट ८ घाइते, आतङ्कवादी आक्रमणको आशंका

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ८:४७,

प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान शुरु गरेको छ।

बिहीबार बिहान प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा आठ व्यक्ति घाइते भएको जानकारी दियो तर विस्तृत विवरण भने दिइएको छैन।

बीस वर्षको आसपासका ती शंकास्पद व्यक्तिलाई प्रहरीले अस्पताल पु¥याएको छ। बुधबार अपराह्न भएको उक्त आक्रमणपछि प्रहरीले ती आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको थियो।

एएफपीसँग कुरा गर्दै प्रहरीले घटनामा ती व्यक्तिले तिखो हतियार प्रयोग गरेको जनाएको छ। प्रहरीले शुरुमा उक्त घटनालाई हत्या प्रयासको संज्ञा दिँदै शंकास्पद आतंकवादी अपराधका रुपमा अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ।

स्थानीय जोन्कोपिङ अस्पतालले घाइतेमध्ये तीन जना सख्त घाइते अवस्थामा रहेका तथा अन्य दुई जनाको चोट निकै गम्भीर प्रकृतिको रहेको जनाएको छ।

पत्रकारहरुसँग कुरा गर्दै क्षेत्रीय प्रहरी प्रमुख मलेना ग्रानले उक्त आक्रमणको घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

आत्रmमणकारी स्थानीय व्यक्ति रहेका र विगतमा पनि सानातिना अपराधका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ। प्रहरीले ती व्यक्ति स्वेडीस नागरिक हो वा होइन भन्ने बारेमा केही खुलाएको छैन।

स्वेडीस प्रधानमन्त्री स्टेफान लफभेनले उक्त आक्रमणको घटनाको निन्दा गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

पछिल्ला वर्षहरुमा स्वीडेनमा आतंकवादी आक्रमणका घटना दोहोरिन थालेका छन्। सन् २०१० डिसेम्बरमा राजधानी स्टकहोममा एक व्यक्तिलाई आत्मघाती बम बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो।

सन् २०१७ को अप्रिलमा एकजना उज्बेक नागरिकले ट्रक चोरी गरेर मानिसको भिडमा कुदाएका थिए। त्यस घटनामा पाँच जनाको ज्यान गएको थियो उनी अहिले आजीवन कारावासको सजाय भोगिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad