समाज


मकवानपुरमा दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुरमा दुर्घटना, दुई जनाको मृत्यु

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ०:११,

मकवानपुरको बकैयामा भएका दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बकैयामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको र पानीमा डुबेर एकको ज्यान गएको प्रहरीले जनाएको छ।

बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइबाको बुधबार खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो।

वाइबा छारेरोगका बिरामी थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए।

त्यसैगरी बकैयामा ना६त ४५३५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। दुर्घटनामा १३ वर्षीय बालक हेटौँडा उपमहानगरपालिका–१७ का दिलसन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक सोही ठाउँका १८ वर्षीय सुनिल माझी र बकैया–७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएका प्रहरीले जनाएको छ।

हेटौँडाबाट सिमेन्ट बोकेर बकैयातर्फ जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान चतरा मार्ग भनिने मदन भण्डारी राजमार्गअन्तर्गत बकैया–५ को तीनतलेमा दुर्घटना भएको हो। घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad