एक वर्ष अगाडि मात्र ४५ वर्षका युसाकुले चन्द्रमामा डेटिङ जान प्रेमिका चाहियो भन्दै विज्ञापन गरेका थिए।
तर पछि उनले सो योजनालाई रद्द गरेका थिए। वास्तवमा युसाकु मेजावा चन्द्रमामा घुम्न जाने पहिलो पर्यटक बन्दैछन्।
एलन मस्कको कम्पनी स्पेस एक्सले चन्द्र भ्रमणको व्यवसायिक सुरुवात गर्न लागेको छ।
सन् २०२३ मा स्टारसिप रकेटमा युसाकु मेजावा चन्द्रमामा घुम्न जानेछन्।
त्यसैका लागि उनले हालै चन्द्रमामा आफूसँगै जाने ८ जना साथी खोजेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
Watch this video to learn more about the selection process. It also contains a special message from @elonmusk #dearMoon
↓Check the full versionhttps://t.co/i3ucR6BB44 pic.twitter.com/B3d8g0JvvP
‘विश्वभरबाट ८ जनालाई मसँगै चन्द्रमामा जाने मिसनमा सामेल हुन आमन्त्रित गर्दैछु।’ उनले ट्विटरमा भनेका छन्,‘मैले सिट बुक गरिसकेको छु। यो निजी भ्रमण हो।’
उनले आफूले विशेष कला भएका मानिसलाई सित्तैमा चन्द्र भ्रमणमा लाने बताएका छन्। एससीएमपी

प्रतिक्रिया