ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको हो।
अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन डिआरसीले मंगलबार सो कुराको जानकारी दिएको छ। डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट हालैका दिनमा ११ जनाको निधन भएको छ।
कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन्। तीमध्ये चार जनाको मृत्यु भएको हो। त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो।
गुएनामा सात जनाको निधन भएको हो। सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो।
अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया