सेयरबजारमा ३९.२३ अंकको गिरावट आएको छ।
बुधबार नेप्से उक्त अंकले घटेर २४ सय १६ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ७.१२ अंकले घटेको छ।
आज २ सय १२ कम्पनीको १ करोड १३ लाख ९२ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ६३ हजार ६ सय ७४ पटकको खरिदबिक्रीमा ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ।
बुधबार १३ मध्ये व्यापार र होटल तथा पर्यटन समूहको मात्रै कारोबार सूचक हरियो भएको छ।
आज नेपाल टेलिकमको सर्वाधिक २९ करोड रुपैयाँको कारोबार भएको छ। त्यसबाहेक एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ करोडको, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोडको, शिखर इन्स्योरेन्सको २४ करोडको र नेको इन्स्योरेन्सको २२ करोडको सेयर किनबेच भएको छ।
आज नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक लिमिटेड प्रोमोटर सेयर, चन्द्रागिरि हिल्स र साल्ट ट्रेडिङका लगानीकर्ताले धेरै कमाएका छन् भने एसियन लाइफ इन्स्योरेन्स, वरुण हाइड्रो, नेपाल टेलिकमलगायतका कम्पनीले धेरै गुमाएका छन्।

प्रतिक्रिया