वालमार्टमा अन्धाधुन्ध गोली प्रहार भएको थियो। जहाँ दर्जनौं घाइते भएका थिए। उक्त घटनाका अभियुक्तले यतिबेला घटना गराउनुको कारण खुलाएका छन्।
अभियुक्त प्याट्रिक क्रुसियसका अनुसार उनले त्यसबेला मेक्सिकोका नागरिकलाई लक्षित गरी गोली प्रहार गरेका थिए।
उक्त गोलीकाण्डपछि अमेरिकामा ‘गोरा सर्वोच्चता’ विचारधाराका कारण यस्ता गतिविधि भएको विश्लेषकहरुले बताएका थिए।
पछिल्लो समय जति पनि गोलीकाण्ड निम्तिएका छन्। ती गोरा जातिकै नागरिकले गराएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरु गोरा सर्वोच्चतावाद उन्मुख भएको राजनीतिक विश्लेषकहरुको भनाइ छ।
ट्रम्प मेक्सिकोका नागरिक आतंकवादी हुन्, मुसलमान आतंकवादी हुन् भन्ने अभिव्यक्ति दिइरहन्छन्।
गत महिना ट्रम्पले अमेरिकाका चार विपक्षी महिला सांसदलाई सांकेतिक रुपमा देश छाड्न भनेका थिए। उनीहरु आप्रवासी महिला सांसद हुन्।
ट्रम्पभने आफू गोरा सर्वोच्चताको विरुद्धमा भएका बताउँछन्।
यस घटनापछि अमेरिकामा बन्दुक सम्बन्धी कानुनको बारेमा पनि चर्को बहस सुरु भएको छ।
सत्ताधारी पार्टी रिपब्लिकनै सांसदले बन्दुकको लाइसेन्स लिँदा उनीहरुको पृष्ठभूमि हेरिनुपर्ने आवाज उठेका छन्।
बन्दुकको दुरुपयोग गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने आवाज उठेका छन्। एजेन्सी
प्रतिक्रिया