समाज


म्यान्मारमा सैन्य कूको विरोध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाए, एकको मृत्यु

म्यान्मारमा सैन्य कूको विरोध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाए, एकको मृत्यु

नेपालखबर
फागुन १६, २०७७ आइतबार ८:१४,

आइतबार देशको दक्षिणी शहर दावीमा प्रदर्शनकारीमाथि गोली चल्दा एकजनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएको सीएनएनले जनाएको छ।

फेब्रुअरी १ तारिखमा चुनावमा धाँधली भएको बताउँदै सेनाले म्यानमारको सत्ता आफ्नो हातमा लिएका थिए।

त्यसयता म्यान्मारमा हजारौंले दैनिक प्रदर्शन गरिरहेका छन्। सो क्रममा हालसम्म ८ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। सयौं घाइते हुँदा केहीको यसअघि पनि मृत्यु भएको खबर छ।

Myanmar Military Coup Protesters Clash With Police in Videos, Photos

अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत विश्वका कयौं देशले सैन्य शासन अन्त्य गर्न चेतावनी दिँदै आएका छन्।

सेनाले भने एक वर्षपछि मात्र सैन्य शासन अन्त्य गर्ने र चुनाव जित्नेलाई सत्ता सुम्पिने बताएका छन्।

Myanmar coup: Military warns protesters not to destroy democracy as  protests grow - CNN

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad