कारोबार


‘नेपाल वायुसेवा निगम यात्रु र हवाइ सुरक्षा मापदण्ड पालनामा प्रतिबद्ध छ’

‘नेपाल वायुसेवा निगम यात्रु र हवाइ सुरक्षा मापदण्ड पालनामा प्रतिबद्ध छ’

नेपालखबर
फागुन १६, २०७७ आइतबार ८:१०,

नेपाल वायुसेवा निगमले यात्रु सुरक्षा र हवाइ सुरक्षा मापदण्ड पालना गर्न प्रतिबद्ध रहेको स्पष्टीकरण दिएको छ।

आज एक विज्ञप्ति जारी गर्दै निगमले केही छापा तथा अनलाइन पत्रपत्रिकाहरुमा नेपाल वायुसेवा निगमको हवाई सुरक्षासँग जोडेर प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तमा भनिएको छ, ‘निगम यात्रुहरुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्डहरुका सन्दर्भमा प्रतिवद्ध रहेको जानकारी गराउँदै उल्लेखित घटनाका सम्बन्धमा निम्नानुसार प्रष्ट पारिएको छ–

१) मिति २०२१/०१/०८ मा दोहाबाट काठमाण्डौ आएको आर. ए. २४० नं. को उडान काठमाण्डौमा अवतरण गर्ने क्रममा हार्ड ल्यान्डिङ भएको विषय नियमित फ्लाइट डेटा एनालिसिस प्रोग्राममार्फत मिति ९ फेब्रअरी २०२१ मा पत्ता लगाईएको थियो।

२) सो हार्ड ल्यान्डिङ सम्बन्धमा उडानमा संलग्न पाइलटहरुले भर्नुपर्ने म्यान्डेटरी अकरेन्स रिपोर्ट (एमओआर)मार्फत जानकारी गराउनुपर्नेमा नगराइएको पाइएपछि सम्वन्धित पाइलटहरुलाई तत्काल जानकारी माग गरी निजहरुलाई मिति फागुन १२, २०७७ देखि उडानमा बन्देज लगाइएको छ।

३) सो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबस फ्रान्ससँग पत्राचार गरी राय माग गर्दा १०० फ्लाइट साइकल (ल्यान्डिङ) तथा दुई महिना सम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित चेकजाँच गर्नु पर्ने भन्ने जानकारी प्राप्त भएको र सोही अनुसार जहाज नियमित उडानमा रहेको थियो।

४) अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न व.क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिष कुमार साह तथा डम्बर रावत समेतको छानविन समिति मिति ११ फागुन २०७७ मा गठन भई कार्यारम्भ गरिसकेको छ।

५) तसर्थ, हवाई सुरक्षालाई दृष्टिगत गरी उल्लिखित छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड अनुरुप थप कार्यवाही अगाडी बढाईने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad