भारतको उत्तर प्रदेशका ४ हजार शिक्षकका ‘सर्टिफिकेट’ (शैक्षिक प्रमाणपत्र) नक्कली रहेको खुलासा भएको छ।
इलाहाबादस्थित उच्च अदालतले उनीहरूले अम्बेडकर विश्वविद्यालयबाट सन् २००४ देखि २००५ भित्र लिएका बीएडको सर्टिफिेकट नक्कली भएको प्रमाणित गरिदिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार ती सहायक शिक्षकले गरेको विशेष अपिल अदालतले खारेज गरिदिएको हो।
यसअघि नै प्रदेश सरकारले बीएड सर्टिफिकेट नक्कली साबित गर्दै करिब ४ हजार शिक्षकलाई सेवाबाथ बर्खास्त गरेको थियो भने अहिलेसम्म भुक्तान गरिएको तलब असुल्न सुरु गरेको थियो।
यसविरुद्ध ती शिक्षक अदालत गएका थिए। तर अदालतले पनि प्रदेश सरकारकै निर्णयलाई सही ठहर गर्दै उनीहरूलाई बर्खास्त गरेको हो।

प्रतिक्रिया