ढोकामा लगाउने आग्लो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्कीको अन्नपुर्ण गाउँपालिका–३ पाउँदुरकोटका ३४ वर्षीय रामकृष्ण कामी रहेका छन्।
उनले घरायसी झगडामा आफ्नो बुवा ५८ वर्षीय जुमबहादुर कामीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले रामकृष्ण कामीलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया