समाज


गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिए

गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिए

नेपालखबर
फागुन १०, २०७७ सोमबार ७:२०,

गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्।

सुलिकोट गाउँपालिका १ बारपाकमा एकै परिवारका तीन जना सोमबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेपछि स्थानीयले खबर गरेको गोरखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र गुरुङले बताए।

मृतकमा ८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतकुमारी गुरुङ र नातीनी १२ वर्षीया उषा गुरुङ रहेका छन्।

घटनास्थलमा बिहानै प्रहरी पुगिसकेको छ। थप अनुसन्धानका लागि प्रहरीको विशेष टोली घटनास्थलतर्फ प्रस्थान गरेको एसपी गुरुङले बताए।

मृतकको शरीरमा चोटपटक नदेखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad