समाज


इन्जिन खसेको घटनापछि बोइङ ७७७ मोडलका २४ विमान सेवाबाट हटाइए

इन्जिन खसेको घटनापछि बोइङ ७७७ मोडलका २४ विमान सेवाबाट हटाइए

नेपालखबर
फागुन १०, २०७७ सोमबार ७:१५,

शनिबार उडेको केही बेरमै बोइङ ७७७ मोडलको एउटा विमानको इन्जिनमा समस्या देखिएपछि आगलागी भएर उक्त इन्जिन जमिनमा खसेको थियो।

यसै घटनापछि युनाइटेड एयरलाइन्सले आफ्ना २४ वटा सोही मोडलका विमान ‘ग्राउन्ड’ गर्ने निर्णय गरेको हो।

डेन्भरबाट २३१ यात्रु र चालकदलका १० सदस्यसहित उडेको सो विमानबाट क्षतिग्रस्त इन्जिनका भागहरू आकाशबाट आवासीय क्षेत्रमा खसेका थिए।

कुनै मानवीय क्षतिबिनै उक्त विमान पुनः विमास्थलमा अवतरण गर्न भने सफल भएको थियो।

यस घटनापछि नै जापानले सबै वायुसेवा प्रदायकहरूलाई ‘प्र्याट एन्ड ह्विट्नी ४०००’ मोडलको इन्जिन भएका बोइङ ७७७ विमानहरू आफ्नो आकाशबाट नउडाउन आग्रह गरेको छ।

बोइङ कम्पनीले पनि अनुसन्धान नसकिन्जेसम्म सो इन्जिन प्रयोग गर्ने बोइङ ७७७ विमानका सबै उडान स्थगित गर्न सुझाव दिएको हो।

कम्पनीका अनुसार विश्वभर त्यस्ता ६९ वटा विमान प्रयोगमा छन्। बीबीसी

याे पनि: अमेरिकामा २३१ यात्रु सवार विमानको इन्जिन आगो लागेर खस्यो (फोटो/भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad