समाज


भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिन लागिएपछि महन्तको चेतावनी : रोक्नुस्, अनिष्ट हुन्छ

भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिन लागिएपछि महन्तको चेतावनी : रोक्नुस्, अनिष्ट हुन्छ

नेपालखबर
फागुन १०, २०७७ सोमबार ५:८,

प्रेमीसँग मिलेर आफ्ना आमाबुबासहित परिवारका ७ सदस्यको हत्या कसुरमा भारतमा मृत्युदण्ड दिन लागिएको महिलालाई माफी दिन त्यहाँका एक महन्तले राष्ट्रपतिसँग अपिल गरेका छन्। 

उत्तर प्रदेशस्थित अमरोहा जिल्लाको बाबनखेडी गाउँमा सन् २०८८ अप्रिल १५ को रात प्रेमीसँग मिलेर श्रीमानसहित आफ्नो परिवारका ७ सदस्य हत्या गर्ने सबनम नामकी महिलालाई फासीको सजाय दिने निर्णय भएको छ। यो नै भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिन लागिएको हो।

२०१९ जुलाईदेखि जेलमा रहेकी उनलाई फासी दिइँदा धार्मिक हिसाबले अनिष्ट आउने चेतावनी दिँदै अयोध्यास्थित तपस्वी शिविरका महन्त परमहंस दासले त्यसो नगर्न भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग आग्रह गरेका हुन्।

महन्त दासले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘हिन्दू शास्त्रमा महिलाको स्थान पुरुषभन्दा धेरै माथि छ। एउटी महिलालाई मृत्युदण्ड दिँदा समाजको भलो हुँदैन, बरु दुर्भाग्य र अनिष्ट आइलाग्छ। यसकारण उनले गरेको अपराध माफी दिन लायक त होइन, तर उनी महिला भएका कारण माफी दिन आवश्यक छ।’

हत्यामा संलग्न शबनम र उनका प्रेमी सलीमलाई मृत्युदण्ड दिने फैसला भएको छ। शबनमले आफूलाई माफी दिन भन्दै राष्ट्रपतिसमक्ष गरेको याचना पनि अस्वीकार गरिएको हो।

साढे २ वर्षदेखि जेलमा रहेका दुवैलाई मृत्युदण्ड दिने निर्णय भइसकेको भए पनि मिति तोक्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad