देशभर पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९३१ जनाको स्वास्थ्य परीक्षण गर्दा ३१ महिला र ६६ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो समय कारोनाका कारण मृत्यु हुनेको संख्या भने तीन रहेको छ।
आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ। त्यस्तै पछिल्लो समय थप ११४ निको भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख ६९ हजार ६१९ रहेको छ।
अहिले देशभर एक हजार ५८३ सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ६८ जना क्वारेन्टिनमा रहेका छन्। त्यसैगरी एक हजार ५८३ आइसोलेसनमा छन्।
हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ को पीसीआर परीक्षण भएको छ। पछिल्लो समय कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ। योसँगै हालसम्मा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया