डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरिकुमार पोखरेल घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे टोलीले बिहीबार साँझ कार्यालयका प्रमुख तथा इन्जिनियरलाई कार्यालय प्रमुखकै निवासबाट ९ लाख रुपैयाँसहित पक्राउ गरेको हो। आयाेगको टोलीले कार्यालय प्रमुख पाेखरेल, इन्जिनियर पवित्रमणि पौडेल र ठेकेदार ऋषि आचार्यलाई पक्राउ गरेको हाे।
बिन्ध्यवासिनी हरिचोक बाटो निर्माणकाे ठेक्का पाएको जीएमआर कम्पनीका ठेकेदार आचार्य र इन्जिनियर पाैडेल पैसा बोकेर प्रमुख हरिकुमारकाे निवासमा जाने क्रममा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएकाे छ।
ऋषि आचार्यले झोलामा लगेको पैसा कार्यालय प्रमुख पोखरेलका भान्छेलाई दिन लागेको बेला उनीहरु पक्राउ परेका हुन्। बाटोको ठेक्का दिँदा कार्यालय प्रमुखसहित आर्थिक प्रलोभनमा परी रकम लेनदेन भएको अख्तियारको प्रारिम्भक अनुसन्धानबाट खुलेको छ।
Shares
प्रतिक्रिया