समाज


कोरोनाविरुद्धको खोपले महिला प्रजनन क्षमतालाई हानी गर्छ त? यसो भन्छन् विज्ञ...

कोरोनाविरुद्धको खोपले महिला प्रजनन क्षमतालाई हानी गर्छ त? यसो भन्छन् विज्ञ...

नेपालखबर
फागुन ३, २०७७ सोमबार ७:१६,

फाइजरको खोपले बेलायतमा स्वीकृती पाइसकेको छ। हालै त्यहाँ यस खोपले महिलाको प्रजनन क्षमतामा असर गर्ने र यसले महिलाको पाठ्यघरमा असर पुर्याउने हल्ला चलेको थियो।

किंग्स कलेज लन्डनका प्राध्यापक तथा रोयस कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोक्लोजिस्टका प्रवक्ता लुसी चापपेलका अनुसार फाइजरको खोपले महिलाको प्रजनन क्षमतामा असर गर्दैन।

यस खोपले मानिसको आनुवांशिक अथवा जैविक कुनै पक्षलाई असर गर्दैन।

विज्ञहरुका अनुसार यस खोपको प्रयोगले मानव शरीरमा एन्टीबडी उत्पादन हुने गर्दछ जसले मानिसलाई कोरोना भाइरसबाट जोगाउँछ।

हालसम्मको अध्ययनमा यस खोपको गम्भीर प्रतिकुल असर नदेखिएको जनाइएको छ।

साथै महिलाको प्रजनन क्षमतामा यस खोपले असर गरेको प्रमाण नभेटिएको बताइएको छ।

फाइजरको खोप कोरोनाविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको फाइजर तथा बायोएनटेक कम्पनीले जनाएका छन्।

बेलायतसँगै अमेरिका, साउदी अरब, दक्षिण कोरिया लगायतका मूलुकमा यस खोपले स्वीकृती पाएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad