कारोबार


कोरोनाको चपेटामा पनि मूल्यवृद्धि ५ प्रतिशत नाघेनः प्रधानमन्त्री ओली

कोरोनाको चपेटामा पनि मूल्यवृद्धि ५ प्रतिशत नाघेनः प्रधानमन्त्री ओली

नेपालखबर
फागुन ३, २०७७ सोमबार ७:५,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको चपेटामा पनि मूल्यवृद्धि ५ प्रतिशतबाट माथि नगएको बताएका छन्।

आफू नेतृत्वको सरकार गठनको तीन वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उनले सरकारले असहज परिस्थितिमा पनि मूल्यवृद्धि नियन्त्रण गरेको दाबी गरेका हुन्।

उनले नेपालमा खान नपाई बस्नेहरु कोही पनि नरहेको बताए। उनले भने, ‘मानव विकास सूचकाङ्कको प्रतिवेदनले नेपालका भोकमरी नरहेको देखाएको छ। यसको अर्थ हाम्रो स्तर केही माथि गएको देखिएको हो।’

अर्थतन्त्र पनि फराकिलो बन्दै गएको दाबी गर्दै उनले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भने, ‘पछिल्लो डेढ वर्षमा नै ६८ लाख खाता खोलिएको छ। व्यावसायिक आयको दायरा ५२ प्रतिशतले बढेको छ। यसले पनि अर्थतन्त्र बढेको देखाउँछ।’

त्यस्तै बीमाको दायरा समेत ८ प्रतिशतले वृद्धि भएर २२ प्रतिशत कायम रहेको उनले बताए।

राजस्व परिचालन १ सय अर्ब बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूला परियोजनाहरु समेत सम्पन्न भई त्यसले नेपालको अर्थतन्त्रलाई बचतमा लगेको दाबी गरे।

तीन वर्षे अहिलेसम्मको अवधिमा नेपाल–भारत पेट्रोलियम पाइपलाइन समेत निर्माण सम्मन्न भई गत वर्षदेखि सञ्चालनमा आएको बताए।

उनले भने, ‘म र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको यो पाइपलाइन २०७६ साउनदेखि सञ्चालनमा आउँदा २ अर्बभन्दा बढी रकम लागत कम भएको छ।’

यस्तै उनले रानी पोखरी निर्माण कार्यसम्पन्न भएको, भूकम्पबाट क्षतिग्रस्त धरहरालाई ऐतिहासिकता झल्कने र आधुनिकता तरिकाले बनाउने योजना आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नै ‘म बनाउँछु धरहरा’ अभियान सुरु भएको बताए।

‘तर त्यसपछि वरको इँट्टा पर सारिएको थिएन। अहिले काम हुँदा लगभग काम सम्पन्न भएको छ’, उनले भने।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिँदै गर्दा प्राधिकरणले लगभग आफ्नो कार्यहरु सम्पन्न गर्दै गएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad