ती प्रवक्ताका अनुसार ह्यारी र मेगनले छोरा आर्चीका भाइ वा बहिनीको स्वागत गर्ने तयारी गरिरहेका छन्। यसको अर्थ मेगन गर्भवती छिन्।
यसअघि सन् २०१९ मा उनीहरुबाट पहिलो सन्तान जन्मिएको थियो। गत मे महिनामा उनीहरुको छोरा आर्ची एक वर्षका भएका थिए।
ह्यारीले अमेरिकी अभिनेत्री मेगनसँग सन् २०१८ मा विवाह गरेका थिए।
हालै सार्वजनिक भएको तस्बिरमा ह्यारी र मेगन एउटा रुख मुनी बसेको देखिन्छ। तस्बिरमा मेगन ह्यारीको काखमा सुतेको देख्न सकिन्छ भने उनले आफ्नो बेबीबम्प पक्रिएको देखिन्छ।
(तस्बिर: रोयटर्स)
बकिङ्घम दरबारका प्रवक्ताले महारानी, ड्यूक अफ एडिन्बरा तथा प्रिन्स अफ वेल्स तथा राजपरिवारका सबै जना हर्षित भएको र उनीहरूलाई शुभेच्छा व्यक्त गरेको जनाएका छन्।
उनीहरूका बच्चा राजगद्दीको उत्तराधिकारमा आठौँ स्थानमा रहनेछन्।
.मेगनले दोस्रो बच्चालाई कहिले जन्म दिनेछिन् भन्ने कुरा खुलाइएको छैन।
Shares

प्रतिक्रिया