कांग्रेसको भातृ संगठन तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ। शाहीलाई गएराति नै हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ।
शाहीको हाल महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ। हृदयघात भएपछि परिवारका सदस्यले तत्कालै उनलाई अस्पताल पुर्याएका थिए। गएराति करिब १२ बजे उनको अप्रेशन गरिएको छ।
उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अपरेशनपछि उनलाई वार्डमा सारिएको छ।
प्रतिक्रिया