ad ad

राजनीति


भारतका गृहमन्त्री शाहले नेपालमा पनि आफ्नो पार्टीको सरकार बनाउने योजना बनाइरहेको दाबी !

भारतका गृहमन्त्री शाहले नेपालमा पनि आफ्नो पार्टीको सरकार बनाउने योजना बनाइरहेको दाबी !

नेपालखबर
फागुन ३, २०७७ सोमबार ४:९,

भारतका गृहमन्त्री अमित शाहले नेपालमा पनि आफ्नो दल भारतीय जनता पार्टी (बीजेपी) को सरकार बनाउने योजना बनाइहेको दाबी सार्वजनिक भएको छ।

भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार भारतकै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव कुमार देवले आफ्नो देशका केन्द्रीय गृहमन्त्री शाहले नेपाल र श्रीलंकामा पनि बीजेपीको सरकार बनाउन चाहेको दाबी गरेका हुन्।

त्रिपुराका मुख्यमन्त्रीको यो भनाइले तरंग उत्पन्न भएको छ।

त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देव-

biplabkumar

मुख्यमन्त्री विप्लव कुमारको दाबी छ, ‘अमित शाह जब बीजेपीका अध्यक्ष थिए, तब उनले भनेका थिए– पार्टी आफ्नो दायरा बढाउन चाहन्छ र नेपाल र श्रीलंकामा शासन गर्ने योजना बनाइरहेको छ।’

गृहमन्त्री शाहले यो कुरा राज्य गेस्ट हाउसमा आयोजित कार्यकर्ता बैठकमा भनेको मुख्यमन्त्री विप्लवको दाबी छ।

अलोकतान्त्रिक भनाइ : सीपीएम–कांग्रेस
सामान्य बजेटको प्रशंसा गर्दै विप्लवले भने, ‘यो आत्मनिर्भर दक्षिण एसिया बनाउने कदम हो। भारतको नीति र कार्यक्रम बंगलादेश, भुटान र नेपाललाई आत्मनिर्भर बनाउन सक्षम छ।’

विपक्षी दल सीपीएम र कांग्रेसले भने विप्लवको भनाइ अलोकतान्त्रिक रहेको ठहर गर्दै यस विषयमा तुरुन्त छानबिन गर्न माग गरेको छ।

मुख्यमन्त्रीको भनाइको सत्यतथ्य जाँच गर्न माग
भारतका विपक्षी दल कांग्रेस र सीपीएमले त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवले नेपाल र श्रीलंकाजस्ता सार्वभौम मुलुकविरुद्ध अत्यन्त अलोकतान्त्रिक बयान दिएको बताएका छन्। गृहमन्त्री शाहले ती देशको सत्ता कब्जा गर्ने दाबी गरेकै हुन् भने त्यसको गम्भीर अनुसन्धान गर्न ती दलको माग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .